प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८३-०४-०५

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली कैलाली गौरीगंगा न.पा. ८ बढैपुर बस्ने बर्ष २९ को पदम दर्लामी मगरलाई भरूवा बन्दुक थान १ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । निजले सोही ठाउँ स्थित शिबशक्ति सामुदायिक बनमा सालको रुखको टोड्का भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरीले खोजतलास गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।  

सम्बन्धित समाचार
जिप दुर्घटना हुँदा २ जनाको मृत्यू
२०८३-०४-०५

    बाजुरा:- जिल्ला बाजुरा हिमाली गा.पा.५ क्युडी स्थित कुवाडी- क्युडी भित्री कच्ची सडक खण्डमा धुलाचौरबाट दुधिला खोला तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ज १४७८ नम्बरको जिप दुर्घटना भई सडकको माथिल्लो मोडबाट करिव १० मिटर तल्लो मोडमा खस्न गई जिपमा सवार जिल्ला बाजुरा, हिमाली गा.पा.२ बस्ने बर्ष ४० को धर्मलाल बुढा र जिल्ला हुम्ला, ताजाकोट गा.पा.५ बस्ने बर्ष ४० को अम्मर सिंह बुढाको मृत्यु सोमबार साँझ भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कोल्टी आधारभुत अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनाको कोल्टी आधारभुत अस्पताल बाजुरामा उपचार भइरहेको छ ।  दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०५

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०२,०००।– बराबरको थान कपडा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.२ कठपतेबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,५००।– बराबरको सुटपिस सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-०५

       कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बर्दिया, राजापुर न.पा.१ बस्ने बर्ष २२ को हिमाल चलाउने र बर्ष २५ को राजेन्द्र रावत रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।           कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५५० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला डोटी, बडिकेदार गा.पा.४ बस्ने बर्ष ३० को बसन्त मौनी र सोही गा.पा.१ बस्ने बर्ष को २८ सुदिप बम रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र. ०१० प ९०७६ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।