जिप दुर्घटना हुँदा २ जनाको मृत्यू
२०८३-०४-०५
- A
- A-
- A+
बाजुरा:-
जिल्ला बाजुरा हिमाली गा.पा.५ क्युडी स्थित कुवाडी- क्युडी
भित्री कच्ची सडक खण्डमा धुलाचौरबाट दुधिला खोला तर्फ जादै गरेको सु.प.प्र.०१-००१
ज १४७८ नम्बरको जिप दुर्घटना भई सडकको माथिल्लो मोडबाट करिव १० मिटर तल्लो मोडमा
खस्न गई जिपमा सवार जिल्ला बाजुरा, हिमाली गा.पा.२ बस्ने बर्ष ४० को धर्मलाल बुढा
र जिल्ला हुम्ला, ताजाकोट गा.पा.५ बस्ने बर्ष ४० को अम्मर सिंह बुढाको मृत्यु
सोमबार साँझ भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कोल्टी आधारभुत
अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य
७ जनाको कोल्टी आधारभुत अस्पताल बाजुरामा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।