प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०४-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१३ राजपुर चोक र टिकापुर न.पा.६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७९,०६०।बराबरको सुटपिस, बिडी, सुर्ति, किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

 

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क,  शुक्लाफाँटा न.पा.१ बन्साह जंगल र सोही न.पा.११ कलुवापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,९००। बराबरको चिनी, बिडी, सुर्ति, चक्लेट, साडी, सलाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०४-३०

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.    वन्यजन्तु तथा अबैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएका लालझाडी गा.पा.५ देखतभुली बस्ने वर्ष ३९ को श्याम कुमार राना, ऐ. बस्ने वर्ष ४० को जङ्ग बहादुर राना र ऐ. बस्ने वर्ष ४१ को राम साहेब राना  ।२.    चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.१ राजिपुर बस्ने वर्ष २५ को पंकज मिस्त्री ।        अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएको बान्निगढी जयगढ गा.पा.२ जनालिकोट बस्ने नबिन राज उपाध्यायलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।