अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०८
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.११ भुजेला र बेलौरी न.पा.१ खल्लाबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,७००।– बराबरको पेय पदार्थ,
मोवाईल कभर, विउविजन, फलफुल,
सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु
विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।