प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १५ जना मानिस नियन्त्रणमा

२०८३-०४-०९

  • A
  • A-
  • A+
Share

      कैलाली:-  जिल्ला कैलाली कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  

      यसैगरी, जिल्ला कैलाली मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२३ मिलिग्राम सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २८ को आयुष सिंह, सोही उ.म.न.पा.२ बस्ने बर्ष ३४ को जय बहादुर भण्डारी, सोही उ.म.न.पा.१० बस्ने बर्ष ३० को टेकेन्द्र बस्नेत र कैलारी गा.पा.२ घर भई हाल सोही उ.म.न.पा.८ क्याम्पस चोक कोठा गरी बस्ने बर्ष २५ को श्रीमल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले श्रीमल चौधरीको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित चारै जनालाई पक्राउ गरेको छ ।    

       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा. १ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४०० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ वस्ने बस्ने बर्ष २८ को सागर खत्री र १८ वर्षिय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।    

       यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.५ गेटा सुकुम्वासी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो पदार्थ ३७० ग्राम सहित सोही ठाउँ वस्ने वर्ष ४५ को खडक डंगौरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी  गर्दा प्लाष्टिकको डिव्वा भित्र लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।    

    यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ पथरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३५ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २६ को राजेश राना र बर्ष २५ को किरन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।    

      यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा. ७ जि.पी. चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३८ मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को बिकास जेठारा र बर्ष २८ को बिबेक राज उपाध्याय रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०५

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.८ भोक्सीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित जोशीपुर गा.पा.३ बस्ने वर्ष ४८ को प्रमेश्वर डगौरा थारूलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ४६० मिलिग्राम सहित सोही उ.म.न.पा.१ बसन्त टोल बस्ने वर्ष २१ को असिम चौधरी समेत ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुरः-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३४ को रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना महिला पक्राउ
२०८३-०६-०४

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,९७,३५०।– (एक लाख सन्तानब्वे हजार तिन सय पचास) बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामान सहित सोही उ.म.न.पा.३ बस्ने वर्ष ३७ की लक्ष्मी स्याडा, वर्ष ३५ की धनि देबि सार्की र गोदावारी न.पा.२ बस्ने वर्ष २७ की यसोदा भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।            कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४८,३५०।–  बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।