जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर लालझाडी गा.पा.२ कसुवा स्थित टेन्ट हाउसका सामान राखिएको गोदामबाट
जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ वस्ने बर्ष ३२ को दान सिंह राना सहित ६
जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा इलाका
प्रहरी कार्यालय शंकरपुर, कञ्चनपुरबाट खटिएको प्रहरीले
निजहरूलाई नगद रु.१५,९१५।– र ३ गड्डी
तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।