अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१०
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक, ऐ. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र ऐ.१२ कम्पनी टोलबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,७४,७००।– बराबरको चिनी,
बिडी, सुर्ति, कफि,
मसला, प्लाष्टिक दुना टपरी, प्लाष्टिक झिल्ली, अटो थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा
मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरि नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी
न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.५२,०००।– बराबरको माछा शनिबार
दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट
खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट
गरेको छ ।