प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०४-१०

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी हिडीरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।       

     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७१ मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा.८ वस्ने १७ वर्षिय किशोर र गौरीगंगा न.पा.१ घर भई हाल धनगढी उ.म.न.पा.७ डेरा गरी बस्ने बर्ष २५ को मायाराम चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  

     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९८ मिलिग्राम सहित कैलारी गा.पा.४ बस्ने बर्ष २५ को अर्जुन चौधरीलाई गयराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  

      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.८ गैलनदीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १६ ग्राम ३४० मिलिग्राम सहित भिमदत्त न.पा.१८ जनज्योती चोक बस्ने बर्ष २२ को यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरीले म १ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जे.पी.चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली जोशीपुर गा.पा.२ घर भई धनगढी उ.म.न.पा. ७ जे.पी.चोक स्थित कोठागरी बस्ने वर्ष २८ को रामलाल डगौरा र धनगढी उ.म.न.पा.७ बस्ने वर्ष २३ को अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रामलाल डगौराको कोठामा गोप्य सुचनाको आधारमा शंका लागि तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ  । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउँ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.८ कोठा गरी बस्ने वर्ष २० की मनिषा चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,११०–  बराबरको मिठाई, भुटेको चना, सर्ति र किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी बजार स्थीत महेन्द्र राजमार्गबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१८,०००।–  बराबरको रेडीमेट कपडा, साडी, सुट र कुर्ती लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२६

कैलाली :- जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं ७ वेलि हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद रु. ४,६७५।- रुपैया सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी,कैलालीबाट  खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ८२ मिलिग्राम सहित जिल्ला बैतडी दोगडाकेदार गा.पा. ५ घर भई हाल भिमदत्त न.पा. १८ कोठा गरी बस्ने वर्ष २० को अशोक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले सोमबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।