प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८३-०४-१०

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली गोदावरी न.पा.४ हाटखोली स्थित जोशीपुर गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.७ मनेहेरा कोठा गरी बस्ने वर्ष १५ को पुष्पराज चौधरी खोलामा पौडी खेल्ने क्रममा डुबी गम्भिर घाईते भई निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१०

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक, ऐ. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र ऐ.१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,७४,७००।– बराबरको चिनी, बिडी, सुर्ति, कफि, मसला, प्लाष्टिक दुना टपरी,  प्लाष्टिक झिल्ली, अटो थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको माछा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०४-१०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.१५ उर्मी बस्ने बर्ष २५ को मनिराज रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०९।२५ गतेको फैसलाले कुटपिट मुद्दामा २३ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.८ तिलाचौड बस्ने बर्ष २३ को राजेश दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-१०

     कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी हिडीरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।             यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७१ मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा.८ वस्ने १७ वर्षिय किशोर र गौरीगंगा न.पा.१ घर भई हाल धनगढी उ.म.न.पा.७ डेरा गरी बस्ने बर्ष २५ को मायाराम चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९८ मिलिग्राम सहित कैलारी गा.पा.४ बस्ने बर्ष २५ को अर्जुन चौधरीलाई गयराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।         कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.८ गैलनदीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १६ ग्राम ३४० मिलिग्राम सहित भिमदत्त न.पा.१८ जनज्योती चोक बस्ने बर्ष २२ को यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरीले म १ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको छ ।

अवैध लागूऔषध सहित १५ जना मानिस नियन्त्रणमा
२०८३-०४-०९

      कैलाली:-  जिल्ला कैलाली कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२३ मिलिग्राम सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २८ को आयुष सिंह, सोही उ.म.न.पा.२ बस्ने बर्ष ३४ को जय बहादुर भण्डारी, सोही उ.म.न.पा.१० बस्ने बर्ष ३० को टेकेन्द्र बस्नेत र कैलारी गा.पा.२ घर भई हाल सोही उ.म.न.पा.८ क्याम्पस चोक कोठा गरी बस्ने बर्ष २५ को श्रीमल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले श्रीमल चौधरीको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित चारै जनालाई पक्राउ गरेको छ ।           यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा. १ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४०० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ वस्ने बस्ने बर्ष २८ को सागर खत्री र १८ वर्षिय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।           यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.५ गेटा सुकुम्वासी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो पदार्थ ३७० ग्राम सहित सोही ठाउँ वस्ने वर्ष ४५ को खडक डंगौरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी  गर्दा प्लाष्टिकको डिव्वा भित्र लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ पथरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३५ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २६ को राजेश राना र बर्ष २५ को किरन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।           यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा. ७ जि.पी. चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३८ मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को बिकास जेठारा र बर्ष २८ को बिबेक राज उपाध्याय रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।