फरार प्रतिबादी पक्राउ
२०८३-०४-१०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय
तोकिएको धनगढी उ.म.न.पा.१५ उर्मी बस्ने बर्ष २५ को मनिराज रानालाई जिल्ला प्रहरी
कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ
गरेको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति
२०८२।०९।२५ गतेको फैसलाले कुटपिट मुद्दामा २३ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.८
तिलाचौड बस्ने बर्ष २३ को राजेश दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ
गरेको हो ।