अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१४
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.४ शिब मन्दिर नजिक र बेलौरी न.पा.२
बैजुडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३९,३००।– बराबरको चिनी, पेय
पदार्थ, सुर्ति, चियापत्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय
कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।