प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०४-१४

  • A
  • A-
  • A+
Share

       कैलाली;- जिल्ला कैलाली गौरीगंगा न.पा.१ चनौरा दक्षिण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन्द्र धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

      यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४० मिलिग्राम सहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर पुनर्वास न.पा.४ बस्ने १८ वर्षिय किशोर र सोही न.पा.११ अमरबस्ती बस्ने बर्ष २२ की सृजना चौधरी रहेका छन् । लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा अमरगढी न.पा.१ स्याउले चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्राम सहित ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ बस्ने बर्ष २६ को दिपक खुना, जिल्ला कैलाली, चुरे गा.पा.४ बस्ने बर्ष २५ को निराजन साह र सोही ठाउँ बस्ने बर्ष २४ को लक्ष्मण अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ क १६९० नम्बरको टेलरमा सवार निजहरुलाई  शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०५

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.८ भोक्सीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित जोशीपुर गा.पा.३ बस्ने वर्ष ४८ को प्रमेश्वर डगौरा थारूलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ४६० मिलिग्राम सहित सोही उ.म.न.पा.१ बसन्त टोल बस्ने वर्ष २१ को असिम चौधरी समेत ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुरः-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३४ को रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना महिला पक्राउ
२०८३-०६-०४

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,९७,३५०।– (एक लाख सन्तानब्वे हजार तिन सय पचास) बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामान सहित सोही उ.म.न.पा.३ बस्ने वर्ष ३७ की लक्ष्मी स्याडा, वर्ष ३५ की धनि देबि सार्की र गोदावारी न.पा.२ बस्ने वर्ष २७ की यसोदा भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।            कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४८,३५०।–  बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।