कुटपिटबाट श्रीमतिको मृत्यु, निजकै श्रीमान पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी
जोरायल गा.पा.४ देउथली बर्ष ४७ की अमृता ओलीको कुटपिटबाट मृत्यु भएको अभियोगमा
निजकै श्रीमान वर्ष ५० को चन्द्र बहादुर ओलीलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । मादक पदार्थ सेवन गरि कुटपिट गर्दा गम्भीर घाइते भएकी अमृतालाई सेती प्रादेशिक
अस्पताल धनगढी, कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा सोही साँझ मृत घोषणा गरेको छ ।
कुटपिट गर्ने चन्द्र बहादुर ओलीलाई इलाका प्रहरी कार्यालय जोरायल, डोटिबाट खटिएको प्रहरीले पक्राउ गरि अनुसन्धान भइरहेको छ ।