अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१५
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,५०,०५०।– बराबरको चिनी, पटका, साडी, सुटपिस, व्लाउज, विभिन्न किसिमका फलफुलका वोट
विरुवा लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत
कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ डोकेबजार गुम्बा नजिकबाट अवैध रुपमा भारतबाट
भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०४,०००।– बराबरको चस्माको ग्लासहरु बिहिबार राति प्रहरी
चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।