प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०४-१५

  • A
  • A-
  • A+
Share

       कैलाली;- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ धुर्जन्नाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७५० मिलिग्राम सहित गोदावरी न.पा.९ बस्ने वर्ष २७ को ध्रुब जोशीलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०४-१५

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।१४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।१.     कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको कृष्णपुर न.पा.३ कटान बस्ने वर्ष ४७ को भान बहादुर विष्ट ।२.     कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको कृष्णपुर न.पा.३ बैभटोल बस्ने वर्ष ३२ को मुकेश मल्ल ।३.     कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.५ बैजनाथटोल बस्ने वर्ष ६५ को  दल बहादुर बिष्ट ।    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले चेक अनादर मुद्दामा विगो रु.२०,७०,०००।– (बीस लाख सत्तरी हजार रुपैंया) तोकिएको प्रतिवादीका नाउँको विगो वाफतको रकम तिर्न नसकी प्रतिवादीलाई विगो वापत २ वर्ष कैद सजायमा राखी फैसला कार्यान्वयन गर्न भनि सोही अदालतको पक्राउ आदेशानुसार जिल्ला अछाम, पञ्चदेवल विनायक न.पा.५ बस्ने वर्ष ४० को भोजराज बुढालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जिल्ला बाजुरा बडिमालिका न.पा. ८ बाउली स्थित निजको डेरा कोठाबाट बिहिबार दिउँसो पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१५

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५०,०५०।– बराबरको चिनी, पटका, साडी, सुटपिस, व्लाउज, विभिन्न किसिमका फलफुलका वोट विरुवा लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ डोकेबजार गुम्बा नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०४,०००।– बराबरको चस्माको ग्लासहरु बिहिबार राति प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।