भरुवा वन्दुक बरामद
२०८३-०४-१५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १ र ३ को सिमाना स्थित बाराकुण्डाबाट बिष्णु मन्दिर जाने बाटोको तुम्डी खोलाको पुल मुनी लुकाई छिपाई राखेको बेवारिसे भरुवा बन्दुक थान-१ नाल बिहिबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक पुल मुनी लुकाई छिपाई बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।