जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ भाँसी स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही न.पा.१८ बस्ने बर्ष ४० को सुरेश चन्द सहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन् भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.१,६१,९४०।- (एक लाख एकसठ्ठी हजार नौ सय चालिस) र ४ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।