प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटना हुँदा मृत्यु, घाइते

२०८३-०४-१७

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ सेतोपुल स्थित सडकमा से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार सोही उ.म.न.पा.६ बस्ने बर्ष २८ की सम्झना चौधरीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी निजको सेती प्रादेशिका अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।  मोटरसाइकल चालक गोदावरी न.पा.८ बस्ने बर्ष ३६ को बिनोद चौधरी गम्भिर घाइते भई कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-१७

    कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.९ सेहरी स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५६० मिलिग्राम र नगद रु.३५,३००।–(पैतिस हजार तिन सय)  सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.८ “झ” गाँउ बस्ने बर्ष ३० को अशोक चौधरी र बर्ष २४ को दिपक चौधरी रहेका छन् । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० घुँइयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७१ मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३० को सञ्जय रानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३५० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा. ५ पाहाडीपुर बस्ने १८ बर्षिय २ जना किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौला स्थित सत्ती भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ ब्लक नं. १० बस्ने बर्ष ३१ को हिमाल रावल र लम्कीचुहा न.पा.३ बस्ने बर्ष ४० को राकेश गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४०० मिलिग्राम सहित सोही ठाँउ बस्ने १८ बर्षिय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

फरार प्रतिबादी पक्राउ
२०८३-०४-१५

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।१४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।१.     कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको कृष्णपुर न.पा.३ कटान बस्ने वर्ष ४७ को भान बहादुर विष्ट ।२.     कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको कृष्णपुर न.पा.३ बैभटोल बस्ने वर्ष ३२ को मुकेश मल्ल ।३.     कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.५ बैजनाथटोल बस्ने वर्ष ६५ को  दल बहादुर बिष्ट ।    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले चेक अनादर मुद्दामा विगो रु.२०,७०,०००।– (बीस लाख सत्तरी हजार रुपैंया) तोकिएको प्रतिवादीका नाउँको विगो वाफतको रकम तिर्न नसकी प्रतिवादीलाई विगो वापत २ वर्ष कैद सजायमा राखी फैसला कार्यान्वयन गर्न भनि सोही अदालतको पक्राउ आदेशानुसार जिल्ला अछाम, पञ्चदेवल विनायक न.पा.५ बस्ने वर्ष ४० को भोजराज बुढालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जिल्ला बाजुरा बडिमालिका न.पा. ८ बाउली स्थित निजको डेरा कोठाबाट बिहिबार दिउँसो पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१५

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५०,०५०।– बराबरको चिनी, पटका, साडी, सुटपिस, व्लाउज, विभिन्न किसिमका फलफुलका वोट विरुवा लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ डोकेबजार गुम्बा नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०४,०००।– बराबरको चस्माको ग्लासहरु बिहिबार राति प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।