अवैध भन्सार छलिका सामान सहित ४ जना मानिस पक्राउ
२०८३-०४-१८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गुलरिया बजार स्थित गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष ३४ को पदम भण्डारीले सञ्चालन गरेको कालिका टेन्ट हाउस भित्र लुकाई छिपाई राखेको अवैध भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५८,७००।- बराबरको साडी, धोती, सुटपिस, कुर्ति, उक्त सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल थान-२ लगायतका सामानहरु फेला पारी निज टेन्ट सञ्चालक पदम भण्डारी र भारतबाट भन्सार छली गरी ल्याउने मानिसहरु भिमदत्त न.पा.२ उल्टाखाम बस्ने बर्ष ३७ को जित सिंह पार्की, सोही न.पा.११ बस्ने बर्ष ३४ को थानेश्वर प्रसाद जोशी र जिल्ला कैलाली, गोदावरी न.पा.१ अत्तरिया बस्ने बर्ष २७ को दिपक भट्ट सहित चारै जनालाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले आइतवार बिहान पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा वुझाइएको छ ।