अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली जोशिपुर गा.पा.१
पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६३० मिलिग्राम
सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भजनी
न.पा.८ खैरा बस्ने बर्ष २७ को किरण चौधरी, सोही न.पा.६
थापापुर बस्ने १८ बर्षिय किशोर, जानकी गा.पा.४ कञ्चनपुर
बस्ने बर्ष २४ को श्याम कठरिया र बर्ष २२ को रुपेश कठरिया रहेका छन् । गोप्य सुचनाको
आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त
पदार्थ, निजहरुले प्रयोग गरेको मोटरसाइकल थान-२ सहित चारै
जनालाई पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली
लम्कीचुहा न.पा.७ बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५५०
मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
सोही ठाउँ बर्ष २९ को रेहान चौधरी र बर्ष २७ को अजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको
प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ
गरेको छ ।