प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८३-०४-२०

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत दिपायल, डोटीको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– ( तिन हजार ) जरिवाना तोकिएका लालझाडी गा.पा. ५ भुली बस्ने वर्ष ५४ को दुर्गा दत्त जोशी र ऐ. देखतभुली बस्ने वर्ष ४० को गोबिन्द्र अवस्थीलाई इलाका प्रहरी कार्यालय झलारी, समेतबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०५

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.८ भोक्सीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित जोशीपुर गा.पा.३ बस्ने वर्ष ४८ को प्रमेश्वर डगौरा थारूलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ४६० मिलिग्राम सहित सोही उ.म.न.पा.१ बसन्त टोल बस्ने वर्ष २१ को असिम चौधरी समेत ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुरः-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३४ को रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना महिला पक्राउ
२०८३-०६-०४

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,९७,३५०।– (एक लाख सन्तानब्वे हजार तिन सय पचास) बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामान सहित सोही उ.म.न.पा.३ बस्ने वर्ष ३७ की लक्ष्मी स्याडा, वर्ष ३५ की धनि देबि सार्की र गोदावारी न.पा.२ बस्ने वर्ष २७ की यसोदा भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।            कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४८,३५०।–  बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।