प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०४-२१

  • A
  • A-
  • A+
Share

   कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,३७,०००।बराबरको चिनी, कुर्ति सेट, विभिन्न किसिमका मोबाइल कभर लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२९,६००।बराबरको पेय पदार्थ, पानीपुरी, बोइलर कुखुरा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जे.पी.चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली जोशीपुर गा.पा.२ घर भई धनगढी उ.म.न.पा. ७ जे.पी.चोक स्थित कोठागरी बस्ने वर्ष २८ को रामलाल डगौरा र धनगढी उ.म.न.पा.७ बस्ने वर्ष २३ को अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रामलाल डगौराको कोठामा गोप्य सुचनाको आधारमा शंका लागि तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ  । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउँ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.८ कोठा गरी बस्ने वर्ष २० की मनिषा चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,११०–  बराबरको मिठाई, भुटेको चना, सर्ति र किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी बजार स्थीत महेन्द्र राजमार्गबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१८,०००।–  बराबरको रेडीमेट कपडा, साडी, सुट र कुर्ती लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।