प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध सिसमको काठ बरामद

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

कैलाली:-  मिति २०८०/०२/२४ गते बिहान बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिई गएको प्रहरी टोलीले कैलारी गा.पा.३ निमबुवाबोझी स्थित ऐ.ऐ. बस्ने बर्ष ३८ को ज्ञान ब. चौधरीको खेतमा अबैध जम्मा अ.१०२.३१ क्युफिट सिसमको काठ सहित २ वटा आरा र ४ वटा डल्लब समेत फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो । मानिस सहित काठ आवश्यक कारबाहीको लागी प्रहरीले सबडिबिजन बन कार्यालय बसन्तालाई बुझाईएको छ ।     

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०२-१५

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित विशेष अदालत बबरमहल काठमाण्डौंको मिति २०८०।०९।२५ गतेको फैसलाले सार्वजनिक सम्पत्ति हिमामिना गरी भ्रष्टाचार गरेको मुद्दामा ३ बर्ष कैद सजाय र रू. ११,६९,०४२।- रूपैयाँ ४४  पैसा जरिवाना ठहर भई फरार रहेका बेदकोट न.पा.३ दैजी बस्ने बर्ष ४८ को दिपेन्द्र प्रसाद पनेरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश भई जिल्ला कारागार कञ्चनपुर चलान गरीएको । डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले अंश मुद्दामा रु.१,०६,४१०।- जरिवाना ठहर भई फरार रहेकी अमरगढी न.पा.३ बस्ने बर्ष ८१ की धना देबी शाहलाई अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नवदुर्गा गा.पा.१ ऐरोडाबाट पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गरेको । 

मृत अवस्थामा फेला
२०८१-०२-१५

कञ्चनपुर:- मिति २०८१।०२।१४ गते १७:४० बजेको समयमा  जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ८ तिलाचौर घर भई ऐ. ९ ब्रमदेब ससुराको घरमा बस्दै आएका बर्ष अन्दाजी ४०/४१ को सिद्द ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको ।यसैगरी मिति २०८१।०२।१४ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ चौवन्नी खल्ला स्थित हाल नाम,थर, वतन नखुलेका बर्ष अन्दाजी ३०/३२ को मोदी भनि चिनिने भारतिय नागरिक बेहोस अवस्थामा छ भनि स्थानियले जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट प्रहरी टोली खटि गइ प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीको एम्बुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-१५

कैलाली:- मिति २०८१।०२।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक चौराह र भगवती टोल, टीकापुर न.पा.९ खैरीपुर, जोशीपुर गा.पा.४ हसनापुर र बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५८,८३०।–  बराबरको कस्मेटिक सामान, मोजा, पर्स, कपडा, प्लाष्टिक झिल्ली, धानको बिउ, तरकारीमा प्रयोग हुने बिषादी, धुप, एसियन पेन्ट, बाइकको लिभर, गङ्गा तेल, मिठाई, इमली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।कञ्चनपुर:- मिति २०८१।०२।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० बिद्युत कार्यालय नजिक, ऐ. १६ मझगाँउ, सुकासाल र भाँसी, बेलौरी न.पा.१० सडकघाट, पुनर्वास न.पा.११ डोके बजार र दोधारा चाँदनी न.पा. १० निशानिटोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,१८,९००।–  बराबरको काजु, बदाम, छोहारा, किसमिस, कोरा कपडा, अन्डरवेयर, सुट, थान कपडा, कुर्ती, स्प्रिङ स्टिल बैर, स्प्रे, सिल्भरतार, हाडबेयरको सामान, किरानाको सामान,कस्मेटिकको सामान, स्टेस्नरीको सामान पेय पदार्थ, प्लाष्टिक कुर्सि, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।