अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-३०
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट
भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०७,१००।– बराबरको सुर्ति, चुरोट, गुट्खा, अटोको कप्लिङ रबर, ईलेक्ट्रोनिक लगायतका
सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले
बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।