अवैध भन्सार छलिका सामान सहित २ जना महिला पक्राउ
२०८३-०५-३१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर बेलौरी नगरपालिका ६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.४९,८४०।– बराबरको
बिडी, सुर्ति, प्लाष्टिक झिल्ली, साइकल थान-२ लगायतका सामान सहित सोही नगरपालिका ४
रिछाहा बस्ने वर्ष ५० की राधा राना र ऐ. ५ बस्ने वर्ष ४० की पार्वती कार्कीलाई
इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मंगलबार फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा
लिएको छ ।
यसैगरी, बेलौरी
न.पा.१ सिमघारीबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३८,४००।–
बराबरको पेय पदार्थ, बोइलर कुखुरा लगायतका
सामानहरु मंगलबार प्रहरी चौकी फटैया, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.७३,०८०।– बराबरको
पेय पदार्थ, बिडी, सुर्ति, बोइलर कुखुरा लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी
कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।