अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-३१
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१० मिलिग्राम सहित घोडाघोडी न.पा.२ बस्ने वर्ष
३६ को कृष्ण चौधरीलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट
खटिएको प्रहरीले टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ
गरेको छ ।
यसैगरी:- जिल्ला कैलाली भजनी न.पा.३
कुसुमघाटबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ७५० मिलिग्राम सहित सोही न.पा.८ बस्ने वर्ष ३३ को
देवेन्द्र शाही र जिल्ला अछाम, साँफेबगर न.पा.१० बस्ने वर्ष ३० को अनिल भुललाई प्रहरी
चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरको
मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ
गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।