अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.५ बनखेत स्थित लागूऔषधको कारोवार भई रहेको भन्ने गोप्य
सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११ ग्राम ४०
मिलिग्राम सहित सोही
न.पा.६ बस्ने बर्ष ३० को हरिश प्रसाद जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला
पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.३ राजीपुर स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो
हिरोइन जस्तो देखिने धुलो पदार्थ १.३७ ग्राम सहित जिल्ला
कैलाली जोशीपुर गा.पा.१ घर भई हाल भिमदत्त न.पा.३ राजीपुर डेरा गरी बस्ने वर्ष २२
को सुदिप चौधरीलाई अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ
गरेको छ ।
यसैगरी, जिल्ला
कञ्चनपुर बेतकोट न.पा.६ सिसैयाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो
पदार्थ १५० मिलिग्राम सहित सोही
न.पा.१० हरपाल बस्ने वर्ष २३ को मिन बहादुर
ठगुन्ना समेत दुई जनालाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।