जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर शुक्लाफाटा न.पा.११ कलुवापुर स्थित जुवातास भई रहेको भन्ने गोप्य सुचनाको
आधारमा सोही ठाउँ बस्ने वर्ष ४० को भोज बहादुर ऐरले सञ्चालन गरेको होटेलमा जुवातास
खेलिरहेको अवस्थामा निज भोज बहादुर ऐर सहित ६ जनालाई बुधबार दिउँसो इलाका प्रहरी
कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद
रु.१९,१९५।- ( उन्नाइस हजार एक सय पञ्चानव्वे) र तास सहित
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।