अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.३ चौकिडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,२५,०००।– बराबरको मोटरसाईकलको टायर, मोटरसाईकलको ट्युब, घाँस काट्ने मेसिन, यु.पी. ३१ सि.टी. १३०३ भारतिय नम्वर पिलेटको चार चक्के मिनी ट्रक सहित चालक भारत लखिमपुर खिरी बस्ने वर्ष ३८ को चन्द्र कुमार बर्मालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र सशस्त्र प्रहरी ३४ नम्वर गण हेडक्वाटर धनगढीबाट संयुक्त रुपमा खटिएको टोलीले बिहीबार दिउँसो फेला पारी उक्त ट्रक, सामान र चालकलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको छ ।
यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,४७,०५०।– बराबरको पेय पदार्थ, सुर्ति, बिडी, गुट्खा, थान कपडा, साडी, प्लाजु, वान पिस, इलेक्ट्रिक, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१२,४५०।– बराबरको इलेक्ट्रिक तथा किराना लगायतका सामानहरु बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।