फरार प्रतिवादी पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०८२।१०।२२ गतेको फैसलाले लागूऔषध खैरो हिरोईन मुद्दामा १ महिना १ दिन कैद सजाय तोकिएको जोरायल गा.पा.४ खैगाड बस्ने वर्ष २२ को खेम बहादुर पुन मगरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिपायल सिलगढी न.पा.६ सिलगढी बजारबाट पक्राउ गरेको छ ।