अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८३० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २९ को बिर बहादुर चौधरी र १८ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बझाङ:- जिल्ला बझाङ बित्थडचिर गा.पा.८ रुपैल स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १ किलो ९९ ग्राम सहित जिल्ला बझाङ, तलकोट गा.पा.१ बस्ने वर्ष ३२ को नरेन्द्र कुमार ऐडीले चलाएको सु.प.प्र.०४-००१ ज ००८९ नम्बरको जीपमा सवार ऐ. जयपृथ्वी न.पा. ११ दयकुम्ला बस्ने वर्ष ६१ को सिंग धामीले झोला भित्र लुकाई चिपाई राखेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जिप सहित दुवै जनालाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।