भरूवा बन्दुक बरामद
२०८३-०६-०३
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी सायल गा.पा.५ स्थित बुङ्गा ओखलधार सार्वजनिक गौचरण जंगल जाने बाटो छेउबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरी चौकी डौड, डोटीबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ ।
अछाम:- जिल्ला अछाम मेल्लेख गा.पा.६ झाडीगाउँ स्थित बिलेद खोला छेउको ओढारबाट भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरी चौकी मेल्लेख, अछामबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ ।
बाजुरा:- जिल्ला बाजुरा गौमुल गा.पा.१ सुपाकुना स्थित ओडार भित्र भरुवा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा ओडारबाट भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।