फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८१।०३।१९ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने वर्ष ४० को नर बहादुर घिमिरेलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत दिपायल, महेन्द्रनगर तथा जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०६।०२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
१. बहुबिवाह मुद्दामा १ वर्ष १० महिना २८ दिन कैद सजाय र रु.२०,०००।– (विश हजार) जरिवाना तोकिएको कृष्णपुर न.पा.१ बस्ने वर्ष २५ को बल बहादुर वली ।
२. लागूऔषध मुद्दामा ४ वर्ष कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएको भिमदत्त न.पा.१८ भगतपुर बस्ने वर्ष २७ को प्रतिक कुँवर ।