अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०६
- A
- A-
- A+
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६०,३००।–
बराबरको सुर्ति, प्लाष्टिक
झिल्ली लगायतका सामानहरु सोमबार
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:-
कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,०५,६४०।–
बराबरको खेलौना, भाँडा वर्तन, विभिन्न किसिमका
कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।