अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०६
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१
डाँडा बिच्छुवा स्थित लागूऔषधको कारोवार भई
रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो
पदार्थ ८ ग्राम ९२३ मिलिग्राम सहित
जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाघाट
बस्ने वर्ष २४ को सागर चौधरी र वर्ष २३ को विना
नन्द रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन,
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त
पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकल सहित दुवै
जनालाई पक्राउ गरेको छ ।
यसैगरी,
जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१० गज्जर स्थित
लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो
हिरोइन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम ६७० मिलिग्राम
सहित सोही न.पा.६ ऐठपुर बस्ने वर्ष ४३ को महेश
प्रसाद भट्ट र कृष्णपुर न.पा.२ बाणी बस्ने वर्ष ३१ को हेमराज जोशीलाई लागूऔषध
नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी,
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ लागूऔषध सेवन तथा
बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।