प्रहरी कार्यालय
२०८३-०६-०६
डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा बैदेशिक रोजगार न्यायधिकरण बबरमहल, काठमाण्डौँको मिति २०८२।०२।१३ गतेको फैसलाले बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय, रु.५०,०००।– (पचास हजार) जरिवाना र रू.६,०००।– ( छ हजार) क्षेतिपुर्ती तोकिएको बडिकेदार गा.पा.२ गाँडेसाल बस्ने वर्ष २८ को प्रकाश बहादुर रोक्का मगरलाई प्रहरी चौकी खड्यौली, डोटीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९,९२,३२५।– बराबरको सुटपिस, व्लाउज, बटन, हुक्स, कपडा मेसिनको सटल, इलाष्टिक, सट, फ्रक, कुर्ति, किरानाका, अटो थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.४ गिधिनिया बस्ने वर्ष ४० को अबिराम जैशी सोही ठाउँ स्थित बलिया चोक जोड्ने कच्ची सडक खण्डमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यसैगरी, जिल्ला कैलाली गौरीगंगा न.पा.८ लिक्मा बस्ने वर्ष ५४ को दुर्गा प्रशाद आचार्य आफ्नो घर नजिकै रहेको बाटो छेउको धान खेतमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिच्छुवा स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ९२३ मिलिग्राम सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाघाट बस्ने वर्ष २४ को सागर चौधरी र वर्ष २३ को विना नन्द रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको छ । यसैगरी, जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१० गज्जर स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम ६७० मिलिग्राम सहित सोही न.पा.६ ऐठपुर बस्ने वर्ष ४३ को महेश प्रसाद भट्ट र कृष्णपुर न.पा.२ बाणी बस्ने वर्ष ३१ को हेमराज जोशीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६०,३००।– बराबरको सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,०५,६४०।– बराबरको खेलौना, भाँडा वर्तन, विभिन्न किसिमका कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कैलाली:- १३ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कैलाली, गोदावरी न.पा.९ बस्ने वर्ष ४५ को झेलु भन्ने नविन चौधरीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।