फरार प्रतिवादी पक्राउ
२०८३-०६-०७
- A
- A-
- A+
डोटी:-
फैसला कार्यान्वयनको सिलसिलामा बैदेशिक रोजगार
न्यायधिकरण बबरमहल, काठमाण्डौँको मिति २०८२।०२।१३
गतेको फैसलाले बैदेशिक रोजगार कसुर मुद्दामा १
वर्ष ५ महिना ६ दिन कैद सजाय, रु.५०,०००।– (पचास हजार) जरिवाना र रू.६,०००।–
( छ हजार) क्षेतिपुर्ती तोकिएको बडिकेदार गा.पा.२ गाँडेसाल बस्ने वर्ष २८ को
प्रकाश बहादुर रोक्का मगरलाई प्रहरी चौकी खड्यौली, डोटीबाट खटिएको प्रहरी टोलीले मंगलबार
दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।