फरार प्रतिबादी पक्राउ
२०८३-०६-०९
- A
- A-
- A+
कैलाली:-
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको
फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति
२०८३।०६।०८ गते इलाका प्रहरी कार्यालय सुखड,
कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
१. १. ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।– ( दश हजार ) जरिवाना तोकिएको घोडाघोडी न.पा.९ बस्ने वर्ष २३ को भिम बहादुर रावल ।
२. २. सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय तोकिएको घोडाघोडी न.पा.१० बस्ने वर्ष २९ को सन्तोष बि.क.।