अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २७ को राजन सिंह र वर्ष ३४ को मनोज देवारलाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।