अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१४
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको
विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य
रु.१,७१,९००।–
बराबरको सुर्ति, खेलौना,
सुटपिस, कट्टु,
पटका लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी
कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ भाँसीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी
ल्याएका अन्दाजी मूल्य रु.२५,५००।– बराबरको किराना लगायतका सामानहरु मंगलबार बेलुकी वडा प्रहरी कार्यालय
महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
यसैगरी, जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अवैध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरी
लैजाँदै गरेका अन्दाजी मूल्य रु.१,६०,०००।–
बराबरको बाख्राहरु मंगलबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकी,
कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय
गडडाचौकी पठाईएको छ ।