अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१४
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१२ ओदालीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने
धुलो पदार्थ १३० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को गगन जैशी समेत २
जनालाई प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट खटिएको
प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ
गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।