फरार प्रतिवादी पक्राउ
२०८३-०६-१४
- A
- A-
- A+
बैतडी:-
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले बाल विवाह
मुद्दामा जनही ६ महिना कैद सजाय र रु.५,२००।-
(बाउन्न सय) जरिवाना तोकिएका मेलौली
न.पा.१ मेलौली बस्ने वर्ष २५ को राकेश दयाल र वर्ष २० की लक्ष्मी दयाललाई
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजहरुकै घर
ठेगानाबाट पक्राउ गरेको छ ।