अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१५
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट गोप्य सुचनाको आधारमा लागूऔषध सेवन गर्दै गरेको
अबस्थामा अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने
धुलो पदार्थ ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को अमित चौधरी समेत ३
जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ
गरेको छ ।
यसैगरी,
जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
धुलो पदार्थ ५ ग्राम ६५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को अभिषेक रानालाई
लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढी,
कैलाली समेतबाट सयुक्त रुपमा खटिएको प्रहरी
टोलीले बुधबार वेलुकी शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको
छ ।
यसैगरी,
जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
धुलो पदार्थ ४८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३१ को गणेश बहादुर पाललाई
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति शंका लागी
चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।