प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८३-०६-१६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.७ हजारा स्थित सोही ठाउँ बस्ने वर्ष ४० को हरिश साउँदले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०५,६००।- ( तिन लाख पाँच हजार छ सय ) बराबरको नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लाष्टिक झोला, रब्बरको कट्टा, रसभरी मिठाई, पुजा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिएको छ ।

    यसैगरी, कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,०००।– बराबरको पेय पदार्थ, हार्डवेयर लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१६

     कैलाली:- जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को भरत डम्बर पाल समेत २ जनालाई बिहिबार बिहान इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-४ बस्ने वर्ष १९ को सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले निजको घर खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१५

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट गोप्य सुचनाको आधारमा लागूऔषध सेवन गर्दै गरेको अबस्थामा अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को अमित चौधरी समेत ३ जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ६५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को अभिषेक रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढी, कैलाली समेतबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार वेलुकी शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३१ को गणेश बहादुर पाललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१४

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७१,९००।– बराबरको सुर्ति, खेलौना, सुटपिस, कट्टु, पटका लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ भाँसीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२५,५००।– बराबरको किराना लगायतका सामानहरु मंगलबार बेलुकी वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।          यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अवैध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरी लैजाँदै गरेका अन्दाजी मूल्य रु.१,६०,०००।– बराबरको बाख्राहरु मंगलबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गडडाचौकी पठाईएको छ ।