अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को भरत डम्बर पाल समेत २ जनालाई बिहिबार बिहान इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-४ बस्ने वर्ष १९ को सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले निजको घर खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।