फरार प्रतिबादी पक्राउ
२०८३-०६-१६
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०६।१५ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
१. बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.६४,३५०।– जरिवाना तोकिएको पुनर्वास न.पा.५ बस्ने वर्ष ३५ को कृष्ण बहादुर घिमिरे ।
२. अभद्र ब्यवहार मुद्दामा ६ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.१० सुकासाल बस्ने वर्ष २२ को हरी भाट ।