प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०६-१७

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२०,३६०।– बराबरको सुटपिस, कुर्ति, साबुन, खाने तेल, सुर्ति, डाल्डा, चक्लेट, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

     

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०६-१६

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.७ हजारा स्थित सोही ठाउँ बस्ने वर्ष ४० को हरिश साउँदले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०५,६००।- ( तिन लाख पाँच हजार छ सय ) बराबरको नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लाष्टिक झोला, रब्बरको कट्टा, रसभरी मिठाई, पुजा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिएको छ ।    यसैगरी, कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,०००।– बराबरको पेय पदार्थ, हार्डवेयर लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१६

     कैलाली:- जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को भरत डम्बर पाल समेत २ जनालाई बिहिबार बिहान इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली लम्कीचुहा नगरपालिका-४ बस्ने वर्ष १९ को सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले निजको घर खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।