अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को ललित राना क्षेत्रीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।