अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ डि.के.पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को अमन पन्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ जाईबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २०२ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सन्जित चौधरी र वर्ष ३८ को प्रेमलाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेला स्थित लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा अवैध नियन्त्रित लागूऔषध फेनारगन एम्पुल ६३ ट्याब्लेट र B-Gesic एम्पुल ६३ ट्याब्लेट सहित सोही न.पा.१८ बागबाणी बस्ने वर्ष २७ को आसुतोष सिनाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।