अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७८० मिलिग्राम सहित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को बिशाल विष्ट, ऐ.२ बस्ने वर्ष ३४ को राम बहादुर शाही र ऐ.५ बस्ने वर्ष २१ को बिज्ञान भण्डारीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु तिनै जनालाई पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।